You are currently viewing रुसको सबैभन्दा ठूलो जित, पुटिनको सेनाको मारिउपोलमा कब्जा गरेको दाबी

रुसको सबैभन्दा ठूलो जित, पुटिनको सेनाको मारिउपोलमा कब्जा गरेको दाबी

नेभा, ८ जेष्ठ,

रुसले शुक्रबार युक्रेनी सहर मारिउपोल कब्जा गरेको दाबी गरेको छ । यदि रुसको यो दाबी सत्य हो भने यो युद्धमा उनको अहिलेसम्मकै ठूलो जित हो । बन्दरगाह सहर मारिउपोललाई रुसी सेनाले झण्डै तीन महिनादेखि घेराबन्दीमा राखेको थियो र अहिले यो भग्नावशेषको थुप्रो जस्तो देखिन्छ । मारिउपोलको लडाइ कति भयंकर थियो, यहाँ २० हजारभन्दा बढीको ज्यान गएको आशंकाबाटै अनुमान लगाउन सकिन्छ ।

रूसी रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मारिउपोलमा रहेको एजोभोस्टल स्टिल प्लान्ट र शहरको ‘पूर्ण स्वतन्त्रता’ बारे जानकारी दिए । यो स्टिल प्लान्ट रुस विरुद्ध युक्रेनको भयंकर प्रतिरोधको प्रतीक बन्यो । यद्यपि यस सम्बन्धमा युक्रेनबाट अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले मन्त्रालयलाई उद्धृत गर्दै उक्त प्लान्टमा लुकेर बसेका कुल २,४३९ युक्रेनी लडाकुले सोमबारदेखि आत्मसमर्पण गरेका छन्, जसमध्ये ५०० भन्दा बढीले शुक्रबार आत्मसमर्पण गरेका छन् भने बताएको छ ।

Leave a Reply