शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शनको कारण सार्वजनिक तथा नीजी सम्पति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुष २२ गतेको दिउँसो १२:४५ बजे देखी पुष २३ गते विहान ८ बजे सम्म कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम देहायको क्षेत्रहरुमा निषेधज्ञा आदेश जारी गरिएको छ ।
आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने ब्यहोरा समेत सर्लाही, मलंगवाको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जनाएका छन् ।