जिल्ला सिरहा परिवर्तित नाम जिल्ला १६, अर्नामा ६३ (२०८०/०८१) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिरहा, अर्नामा गाउँपालिका, वडा नम्बर १ बस्ने अन्दाजी १९ वर्षको शिव कामती भएको जवरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा वारदात चैत १४ गते देखि फरार रहेका थिए ।
प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्ला सिरहा, सिरहा नगरपालीका, वडा नम्बर ७ तिनकुने स्थितबाट पक्राउ गरेको छ ।
सिरहा जिल्ला, अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।