You are currently viewing जिल्ला विपद व्यवस्थापन समिति द्वारा ठाराब क्याम्पसको विद्युत महशुल भुक्तानी गर्ने निर्णय सिफारिस
DAO, Parsa

जिल्ला विपद व्यवस्थापन समिति द्वारा ठाराब क्याम्पसको विद्युत महशुल भुक्तानी गर्ने निर्णय सिफारिस

नेभा, १९ मार्ग,

ठाकुरराम बहुमुखी क्याम्पसको कोभिड संकट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला विपद व्यवस्थापन समिति, पर्साले भुक्तानी सहयोग तथा सहजीकरणको लागि केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको चलानी नम्बर ३५. मिति २०७८ माघ १२ गतेको पत्रबाट उक्त क्याम्पसमा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णयानुसार मिति २०७६ चैत्र ११ गते दखि २०७७ असोज महिनासम्म होल्डिड्ड सेन्टर रहेको हुनाले उक्त अवधिको सम्पूर्ण विद्युत महशुल रु. १०,४९,२७०/- (दश लाख उन्नपचास हजार दुई सय सतरी मात्र) भएको दावी रहेको थियो ।

उक्त रकमको भुक्तानीको व्यवस्था मिलाई सहयोग गरिदिनु हुन भनी लेखी आएकोमा सो सम्बन्धमा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा उक्त अवधिको विद्युत महशुल रु. ५,६०,४९७/- र जरिवाना रु. १,४०,१२५/- गरी जम्मा रु. ७,००,६२२/- (सात लाख छ सय बाइस मात्र) भुक्तानीमा सहजीकरण तथा सहयोगको लागि केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी पठाउने निर्णय मङ्सिर १९ गते सोमवार जिल्ला व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा पदाधिकारीहरुसंग बसेको बैठकले अन्य बिभिन्न बिषयमा छलफल गर्नुका साथै बिभिन्न निर्णय पनि गरेको छ ।

फोटो: जिल्ला प्रशासन कार्यालय, पर्सा

Leave a Reply