बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक बीरगंजबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा बिल बिजक भन्दा बढी सामानहरु लोड रहेको ट्रकहरुलाई प्रहरीहरुले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला, पर्सा बीरगंज महानगरपालिका वडा नम्बर १५, ८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडकखण्डमा ना. ४ ख ८३१८, ना. ३ ख ४१४१ र NL01 G 1886 नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा उक्त गाडीहरुलाई नियन्त्रणमा गरिएको छ ।
अन्दाजी मुल्य रू. १ करोड ८९ लाख ९७ हजार २ सय ८७ रुपैयाँ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।