You are currently viewing अक्षय कुमार र मानुषी छिल्लरको पृथ्वीराज फिल्मको दमदार ट्रेलर रिलिज

अक्षय कुमार र मानुषी छिल्लरको पृथ्वीराज फिल्मको दमदार ट्रेलर रिलिज

नेभा, २६ बैशाख,

अक्षय कुमार र मानुषी छिल्लरको फिल्म ‘पृथ्वीराज’को दमदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सोनू सुद र सञ्जय दत्तको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

पिरियड ड्रामा फिल्म ‘पृथ्वीराज’ को ट्रेलर आज भव्य रुपमा सार्वजनिक भएको छ । अक्षय कुमार र मानुषी छिल्लरले मुम्बईको यशराज स्टुडियोमा मिडियाको अगाडि ट्रेलर अनावरण गरे । चलचित्रलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् र ट्रेलर सार्वजनिक कार्यक्रममा उनी पनि उपस्थित थिए ।

२ मिनेट ५३ सेकेन्डको यस ट्रेलरमा कडा एक्सन दृश्यहरू देखिएका छन् । फिल्ममा अक्षय कुमारको एक्सन देखेर फ्यानहरु खुसी भएका छन् । रिलिज हुनुअघि नै फ्यानहरूले फिल्मलाई ब्लकबस्टर घोषणा गरिसकेका छन् । र अक्षय कुमारले पनि ट्वीटरमा यस फिल्मको ट्रेलर सेयर गरेका छन् ।

Leave a Reply