कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पृथ्वीचोक, बसपार्क एरीयामा आन्तरीक तथा बाह पार्यटकहरुलाई दुख हैरानी दिने ७ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीय वासीहरुलाई दुख हैरानी दिने कार्य गरीरहेको थिए ।
पक्राउ पर्नेहरु जिल्ला कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ को निवासी ३८ वर्षको यम बहादुर बि.क., सोहि ठाउँको वडा नम्बर ९ मा बस्ने २८ वर्षको सागर क्षेत्री, सोहि ठाउँमा बस्ने २९ वर्षको बिक्रम सुनार, सोहि ठाउँमा बस्ने २४ वर्षको अर्जुन सेन्चुरी, सोहि ठाउँको २० वर्षको लक्ष्मण सिंह, सोहि ठाउँको वडा नम्बर ७ बस्ने २२ वर्षको बिकाश श्रेष्ठ र सोही ठाउँको वडा नम्बर २६ बस्ने २८ वर्षको साजन परियार हुन् ।
निजहरुलाई सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दुख हैरानी दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निजहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जनाएका छन् ।