You are currently viewing दुबईको बुर्ज खलिफा नजिकैको ३५ तले भवनमा भीषण आगलागी

दुबईको बुर्ज खलिफा नजिकैको ३५ तले भवनमा भीषण आगलागी

नेभा, २३ कार्तिक,

दुबईको विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकै रहेको ३५ तले भवनमा सोमबार बिहान आगलागी भएको छ । यद्यपी खबर प्राप्त हुँदासम्म यस दुर्घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन । आगो नियन्त्रणमा आएको छ । तर यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भवनमा भएको आगलागीको भिडियो हेर्दा ठूलो मैनबत्ती बलेको जस्तो देखिन्छ ।

प्रत्येक तल्लाको बालकनीबाट आगो देखिन्छ । आगो निभिएपछि भवनमा कालो दाग देखिन्छ । यो भवन UAE सरकार द्वारा समर्थित Emaar Developers द्वारा निर्मित 8 Boulevard Walk भनिने टावरहरूको श्रृंखलाको एक हिस्सा हो ।

दुबई प्रहरी र सिभिल डिफेन्सले आगलागी भएको तत्काल स्वीकार गरेका छैनन् । इमार डेभलपर्सले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन र न त दुबई मिडिया अफिसले यसबारे कुनै प्रतिक्रिया दिएको छ । सन् २०१५ मा दुबईमा नयाँ वर्षको पूर्वसन्ध्यामा बुर्ज खलिफा नजिकैको ‘एड्रेस डाउनटाउन’ मा आगलागी भएको थियो ।

यसै क्रममा इराकको राजधानी बगदादको एक व्यावसायिक भवनमा पनि ठूलो आगलागी भएको छ । यसमा २८ जनाभन्दा बढी जलेको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबईको बुर्ज खलिफा नजिकै लागेको आगो नियन्त्रणमा आएको छ ।

Leave a Reply