विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु. २ करोड २० लाख बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू नियन्त्रणमा लिएको छ ।
बैशाख ६ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ तुल्स्यान मार्केट पमपम बिल्डिङ्गमा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को निवासी २४ वर्षको आकाश कुमार गुप्ता, उक्त ठाउँको वडा नम्बर ६ बस्ने ४४ वर्षको रामएकवाल कुशवाहाको गोदाम र हाल सम्म नामथर वतन नखुलेका ६ वटा अन्य गोदामहरूबाट विभिन्न ब्रान्डको कपडाहरु नियन्त्रणमा लिइएको छ ।
उक्त कपडाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बैशाख ७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।