सामाजीक सञ्जाल फेसवुकमा नक्कली पेज बनाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्तिहरु माथि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले कारवाहिको कदम चालेको छ । नेपाल प्रहरी कार्यालय साइवर ब्यूरोले नक्कली फेसवुक पेज साइबर ब्यूरो नेपाल बनाई सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
सर्वसाधारणलाई ठगी गर्ने तथा उक्त पेजको दुरुपयोग गर्ने जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीटोलका वर्ष १८ को करण महतोलाई विद्युतीय कारोबार एन, २०६३ अन्तर्गतको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट १९ गते पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा यस ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेका छन् ।
निजलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतले मङ्सिर २० गते दिएको आदेशले पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल द्वारा जारि विज्ञप्तिले जानकारी गराईएको छ ।