You are currently viewing गाँजा खाई लट्ठ भएका नातीले गरे हजुरआमाको हत्या

गाँजा खाई लट्ठ भएका नातीले गरे हजुरआमाको हत्या

नेभा, बिराटनगर, २ चैत्र,

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ योगिटारकी ८२ वर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको कुरा प्रहरीले जनाएको छ ।

गाडेको अवस्थामा शव फेला परेसँगै घटनाबारे सुक्ष्म अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय, गौरिगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका २ जना व्यक्तिहरुलाई सोहि दिन पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु मृतककै नाती १८ वर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ वर्षीय राजु मल्लिक रहेका छन् । गाँजा खाई लट्ठ भएका बिश्वकर्माले फागुन २६ गते रातीको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply