जिल्ला बाँके राप्ति सोनारी गाउँपालिकाको वडा नम्बर ०५ कन्या राजा सामुदायिक वनमा एक नाले भरुवा बन्दुक बरामद भएको छ ।
सोहि स्ठानमा चाचरफर्का बस्ने ५० बर्षको माघु थारु, जो सोही बनको चौकिदार पनि हुन्, ले उक्त एक नाले भरुवा बन्दुक बेबारिसे अवस्थामा सर्वप्रथम देखेका थिए ।
ईलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराउन साथ तत्काल उक्त स्थानमा प्रहरी टोलि खटीई गई उक्त एक नाले भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भईरहेको खबर जिल्ला प्रहरी कार्यालय, बाँकेको बिज्ञप्ति द्वारा जानकारी गराइएको छ ।