जाडो मौसमले श्वासप्रश्वास सम्बन्धी धेरै रोगहरू लिएर आउँछ । कोविडको नयाँ भेरियन्ट ओमिक्रोनको आगमनसँगै यी रोगहरू बीचको भिन्नता बुझ्न झनै गाह्रो भएको छ ।
विशेषज्ञहरूले यो नयाँ भेरियन्टलाई हल्का रूपमा वर्णन गर्न सक्छन्, तर यसबाट हुने लक्षणहरूले सबैको लागि भ्रम सिर्जना गरेको छ, जसले मानिसहरूलाई कोभिड र फ्लू संक्रमण बीचको भिन्नता छुट्याउन गाह्रो बनाएको छ ।
इन्फ्लुएन्जा र कोरोना भाइरसबीचको भिन्नताबारे कुरा गर्दा फ्लूका लक्षणहरू चाँडै देखिन थाल्छन् भने कोभिडमा भने सङ्क्रमित भएको केही दिनपछि लक्षण देखिन्छन् । साथै, COVID-19 फ्लू भन्दा बढी संक्रामक छ, र मानिसहरू माझ छिटो फैलिन्छ । फ्लुको सङ्क्रमण भएको एकदेखि चार दिनमा लक्षणहरू देखा पर्छन् भने कोरोना भाइरस सङ्क्रमित भएपछि लक्षणहरू देखिन दुई दिन देखि १४ दिन समय लाग्न सक्छ ।
लक्षण देखा पर्दा RT-PCR टेस्ट गराउनु नै निदान गर्ने उत्तम तरिका हो । भाइरसबाट बच्न आफ्नो अनुहारमा राम्रोसँग फिट हुने मास्क लगाउनुहोस् । दिनमा धेरै पटक हात धुनुहोस् वा सेनिटाइज गर्नुहोस् । लक्षणहरूमा नजर राख्नुहोस् र समयमै चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।