You are currently viewing आईसीसी यू–१९ विश्वकपको फाइनलमा इंग्ल्याण्ड टोली प्रवेश

आईसीसी यू–१९ विश्वकपको फाइनलमा इंग्ल्याण्ड टोली प्रवेश

नेभा, १९ माघ,

अफगानिस्तानलाई १५ रनले पराजित गर्दै इङ्ल्यान्ड २४ वर्षको प्रतिक्षाको अन्त्य गर्दै आईसीसी यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अफगानिस्तानले अन्तिम १० बलमा १८ रन बनाउनुपर्दा ४६ औं ओभरमा स्पिनर रेहान अहमदले तीन विकेट लिए । दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा नवौं स्थानमा रहेको इंग्ल्याण्डले बलियो पुनरागमन गरेको छ ।

अर्कोतर्फ अफगानिस्तानको टोलीले अब तेस्रो स्थानको खेल कुलिजमा खेल्नेछ । दुई सुपर लिग सेमिफाइनलको पहिलो खेल वर्षाका कारण ढिला सुरु भएको थियो । इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो । अफगानिस्तानका बलरहरूले राम्रो सुरुवात गरे र दक्षिण अफ्रिकाविरुद्ध क्वार्टरफाइनलमा ८८ रन बनाए ।

Leave a Reply