बीरगञ्ज, मंसिर ३,
भोलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाताहरूलाई हार्दिक आह्वान गरिएको छ ।
निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०७९ मंसिर ४ गते आइतबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ ।
पर्सा जिल्लाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि क र ख गरी आठ वटा निर्वाचन क्षेत्र तोकिएका छन् ।
तपाईको आफ्नो क्षेत्रबाट चुनाव लडिरहेका सम्पूर्ण उम्मेद्वारहरुको नामावलि हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सम्पूर्ण उम्मेद्वारहरुको नामावलि
प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सम्पूर्ण उम्मेद्वारहरुको नामावलि
प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ का सम्पूर्ण उम्मेद्वारहरुको नामावलि
प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ का सम्पूर्ण उम्मेद्वारहरुको नामावलि