बीरगंजका चर्चित तथा युवा नेता र राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहले बीरगंज महानगरपालिकाको मेयर विजय सरावगीमाथि हमला गरेका छन् ।
सिंहले आफू बोल्न नचाहँदा पनि आफूलाई बीरगंजको जनताहरुको हकहित र बीरगंजको बारेमा बोल्न बाध्य पारिएको बताएका छन् । सो कुरा उनी आफ्नो फेसबुकबाट जानकारि दिएका हुन् । कुरा चाहिं यस्तो रहेछ, मेयर सरावगीकै घर भन्दा करिब १०० मिटर उत्तरतर्फ मंगलबारको राति कुनै गाडिको ठक्करबाट एउटा गाईको मृत्यु भएको थियो जसलाई बुधबारको बेलुकि सम्म पनि हटाइएको थिएन जसले गर्दा त्यहाँ आसपासका क्षेत्रहरु दुर्घन्धित बनेको तथा आवतजावत गर्ने अन्य सवारीसाधनहरुलाई पनि दुर्घटना हुने सम्भावना बढेकोले सिंह चिन्तित बनेका थिए ।
फोटो स्रोत: राजेशमान सिंहको फेसबुक बाट
त्यस्तै घण्टाघर देखि पावरहाउस सम्मको मूल सडक पूर्णरुपले क्षतिग्रस्त भएको, खाल्डाहरुले दैनिक सवारिसाधन आवागमनमा कठिनाइ भइरहेको त्यसको साथै मेनरोडमै छाडा चौपाया जस्तै गाई, भैसी, बाख्रा आदिले दिनहुँ दुर्घटना भइरहे पनि त्यसतर्फ महानगरपालिका करमात्र संकलनमा व्यस्त भएको र प्रयाप्त जनशक्ति भएपनि ससाना स्थानिय समस्याहरुप्रति उदासिन बनेकोप्रति बीरगंजवासिहरु पहिला देखि नै क्रोधित छदैछन् । यसले महानगरपालिका सञ्चालनमा सरावगीको असक्षमता पनि उजागर गरेको छ ।
मूलसडक सरसफाइ नहुनु, पूर्णरुपले भद्दा देखिनु, नालाहरु अव्यवस्थित तथा टुटेफुटेको हुनु, सडकमा भएको धुलोमाटोले कुनै देहात भन्दा पनि गएगुज्रेको अवस्था दर्साउनु, सडक किनारमै टायर, घाँस, फोहर, अव्यवस्थित गाडि पार्किड्ड र बिजुलि, टेलिफोन, डिसको तारहरु आदिले बीरगंजमा आउने नवआगन्तुकको मानसपटलमा कस्तो छाप छाड्छ सहजै अनुमान गर्न सकिन्छ ।
फोटो स्रोत: राजेशमान सिंहको फेसबुक बाट
सिंहले रिसको भावमा सरावगीलाई फेसबुकबाटै, ‘के तपाईसँग यति पनि कन्ट्रोल हुन सक्दैन र ? आखिर कहाँ हुनुहुन्छ तपाई ? कुन निन्द्रामा सुत्नु भएको छ तपाई, मेयर साब ? जाग्नुहोस् मेयर साब, आफ्नो कसमलाई पूरा गर्नुहोस् ।’ भनेर भनेका छन् ।
जनताले धेरै आशा गरेका बीरगंज महानगरपालिकाका मेयरबाट यस्तो गैरजिम्मेवार हुन छुट छैन् । बीरगंजवासीहरुले यो जान्न चाहन्छन् कि सरावगीको रिमोट आखिरमा कसको हातमा छ ?