जिल्ला उदयपुर त्रियुगा नगरपालिका ५ दमौटी, सुक्लाई बस्ने ६० बर्षको श्याम कुमार राई मंसिर १६ गतेबाट हराई बेपत्ता भएको हुनाले मंसिर १९ गते बिशेष सूचनाको आधारमा प्रचौ लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले मृतकको शव निजहरुको घर नजिकै रहेको जंगलमा माटोले पुरी स्याउलाले छोपेको अवस्थामा फेला पारेको हुनाले श्रीमती र छोरालाई प्रहरीले पक्राउ परेको छ ।
अनुसन्धान गर्ने क्रममा निजको ४० बर्षकी श्रीमती निर कुमारी रैनीले मंसिर १६ गते सामान्य घरायसी बिवादको कारण आबेशमा आई घाटी थिची हत्या गरेको तथा निजको छोरा सुरन राईको सहयोगमा जंगलमा लगि खाल्डो खनेर पुर्ने कार्यमा संलग्नता रहेको खुल्न आएकोले प्रहरीले पक्राउ गरेको छ ।
दुवैलाई पक्राउ गरी ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको खबर जिल्ला प्रहरी कार्यालय, उदयपुरले जानकारी गराएको छ ।