जिल्ला धनकुटा, उपमहानगरपालिका वडा नम्बर ७ घर भएको हाल जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर १३ बालकोट बस्ने बुद्धिमान बुढाथोकीको छोरा २५ वर्षको प्रदिप बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
निजले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ७ लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक रु. १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाएको थिए ।
पीडितलाई विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रदिप बुढाथोकीको खोजतलास गर्ने क्रममा पुष ५ गते जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ नयाँबानेश्वरबाट पक्राउ गरेका छन ।
उक्त व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको कुरा प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।