इन्डोनेसियाको पश्चिम सुमात्रामा रहेको माउन्ट मेरापी ज्वालामुखी विस्फोटमा परी ११ आरोहीको मृत्यु भएको छ । धेरै आरोही अझै बेपत्ता छन् र खोजी भइरहेको छ ।
राहत र उद्धार कार्य युद्धस्तरमा भइरहेको छ । जानकारीका अनुसार ज्वालामुखी नजिक तीन आरोहीको शव फेला परेको राहत तथा उद्धार टोलीले जनाएको छ र धेरै आरोही अझै बेपत्ता छन् ।
पेडाङ खोज तथा उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले तीन जना जीवित र ११ जनाको शव फेला पारेको बताए । शनिबार घटना भएको दिन मेरापी हिमालमा जम्मा ७५ आरोही रहेको उनले बताए । ज्वालामुखीको खरानीको कारण आरोही बेपत्ता हुनुका साथै वरपरका गाउँहरू ज्वालामुखीको खरानीले ढाकेका छन् ।