You are currently viewing फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली युवतीमा देखियो कोरोना

फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली युवतीमा देखियो कोरोना

काठमाडौं, चैत्र १०, –

स्वास्थ्य मन्त्रालयले कतारबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना देखिएको हो। फ्रान्समा अध्ययनरत गत मंगलबार उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।

उनलाई आइतबारदेखि आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए। उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएको छ।

Leave a Reply