अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको गहिराई जमिनमुनि २६७ किलोमिटर थियो ।
भूकम्पका कारण कुनै पनि क्षतिको खबर नआउनु भने राहतको कुरा हो तर दुई दिनअघि काबुलमा पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । अफगानिस्तानको राजधानी काबुलबाट २१ किलोमिटर दक्षिणपूर्वमा डिसेम्बर ११ मा बिहान यो भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु पृथ्वीको सतहबाट १० किलोमिटर तल रहेको गहिराइमा थियो ।
अफगानिस्तानलाई संवेदनशील क्षेत्रमा गनिन्छ । यहाँ गत जुन २२ मा गएको ५.९ म्याग्निच्युडको भूकम्पपछि झण्डै एक हजार जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । यो भूकम्प ६ माइलको तुलनात्मक रूपमा कम गहिराइमा भएकोले यसको प्रभाव निकै परेको थियो ।