चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ घर भई जिल्ला काठमाण्डौं महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ३२ कोवर्ष प्रदिप लामा लोप्चनलाई पक्राउ गरिएको छ ।
निजले नाबालिका १२ वर्षकी नाम परिवर्तित २६ परिसर (५०) (०८०।०८१) लाई विभिन्न प्रलोभन देखाई माघ २१ गते काठमाण्डौबाट भगाई जिल्ला गोरखा, पालुङटार नगरपालिका वडा नम्बर ५ स्थितमा ल्याई राखी फागुन १ गते देखी ६ गते सम्म पटक-पटक जबरजस्ती करणी गरेको थिए ।
घटनामा पीडितको आफन्तले जिल्ला प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाण्डौमा जाहेरी दरखास्त दिएकोमा सोही कार्यालयबाट फागुन १२ गते निज प्रदिप लामा लोप्चन पक्राउ गरिएको हो ।
फागुन १४ गते उक्त जाहेरी दरखास्त लगायतका कागजातहरु साथ निज प्रदिप लामा लोप्चन जिल्ला प्रहरी कार्यालय, गोरखामा दाखिला हुन आई निज विरुद्ध उक्त कार्यालयमा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरीएको छ ।
गोरखा जिल्ला, अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।