You are currently viewing अक्षय कुमार र कृति सेननद्वारा अभिनित फिल्म ‘Bachchan Pandey’ को ट्रेलरको रिलिज मिति सार्वजनिक

अक्षय कुमार र कृति सेननद्वारा अभिनित फिल्म ‘Bachchan Pandey’ को ट्रेलरको रिलिज मिति सार्वजनिक

नेभा, १८ माघ,

बलिउड अभिनेता अक्षय कुमार आफ्नो आगामी फिल्मलाई लिएर निकै चर्चामा छन् । यो वर्ष उनका धेरै ठूला बजेटका फिल्म रिलिज हुँदैछन् ।  मिडिया रिपोर्टका अनुसार फिल्मको ट्रेलर फेब्रुअरी १८ मा रिलिज हुन सक्ने दाबी गरिएको छ ।

रिपोर्ट अनुसार फिल्मको ट्रेलर रिलिज मितिभन्दा एक महिना अगाडि फेब्रुअरी १८ मा रिलिज हुनेछ । किनकी फेब्रुअरी १८ मा फिल्मका निर्माता साजिद नाडियाडवालाको जन्मदिन पनि हो ।

दावी गरिएको छ कि १८ नम्बर अक्षय कुमारको भाग्यशाली नम्बर हो र यसैलाई ध्यानमा राख्दै फिल्मको ट्रेलर रिलिज गरिने छ ।

यस फिल्ममा अक्षय कुमार डरलाग्दो ग्याङ्स्टरको भूमिकामा देखिनेछन् । र कृति सेनन यस फिल्ममा पत्रकारको भूमिकामा देखिनेछिन् । तर उनी फिल्ममा निर्देशक बन्न चाहन्छिन् । फिल्ममा अक्षय कुमार, कृति सेननका अलावा अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

Leave a Reply