शरीरमा कोलेस्ट्रोल बढ्नु भनेको धेरै रोगलाई निम्तो दिनु हो । उच्च कोलेस्ट्रोलका कारण नसाहरू अवरुद्ध हुन थाल्छ । जसका कारण हृदयाघातजस्ता गम्भीर रोगको जोखिम बढ्छ । कोलेस्ट्रोल रक्तनलीमा पाइने तत्व हो । हाम्रो खानाबाट पाइने कोलेस्ट्रोल दुई प्रकारका हुन्छन्, एउटा राम्रो कोलेस्ट्रोल र अर्को खराब कोलेस्ट्रोल ।
खराब कोलेस्ट्रोलको कारणले मुटुसँग सम्बन्धित समस्या आउन थाल्छ । त्यसैले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्छ भन्ने गरिन्छ । खाना र पेय पदार्थमा धेरै चीजहरू हुन्छ जसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दछ ।
कोसा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स प्राप्त हुन्छ । यसको सेवनले शरीरमा जम्मा भएको खराब कोलेस्ट्रोल पनि बिस्तारै कम हुन थाल्छ । कोसाले शरीरमा रक्तनलीहरूलाई बलियो बनाउँछ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउँछ कोसा खानाले भोक कम गर्छ र तौल घटाउन मद्दत गर्छ ।
त्यसैले हामीले मौसम अनुसार कोसाको नियमित रुपमा सेवन गर्नु पर्छ । यसले खराब कोलेस्ट्रोललाई हटाउन लगायत अन्य रोगहरु बाट हामीलाई जोगाउँछ ।