वेस्ट इन्डिजले भारतमा फेब्रुअरी १६ बाट सुरु हुने तीनवटा खेलको T-20 शृङ्खलाका लागि किरोन पोलार्डको कप्तानीमा सोही १६ सदस्यीय टोली छनोट गरेको छ । जसले इङ्ल्यान्डलाई आफ्नै भूमिमा हराएको थियो ।
तीनवटै टी–20 खेलहरू फेब्रुअरी १६, १८ र २० मा कोलकातामा हुनेछ । यसअघि अहमदाबादमा फेब्रुअरी ६, ९ र ११ मा तीन एकदिवसीय सिरिज खेलिनेछ ।
किरोन पोलार्डको कप्तानीमा वेस्ट इन्डिजले यसअघि नै एकदिवसीय टोली घोषणा गरिसकेको छ । दुवै सीमित ओभरको टोलीमा केरोन पोलार्ड, फेबियन एलेन, ड्यारेन ब्राभो, जेसन होल्डर, शाइ होप, अकिल हुसेन, ब्रान्डन किङ, निकोलस पूरन, रोमारियो शेफर्ड, ओडियन स्मिथ र हेडेन वाल्श जुनियर छन् । शिमरोन हेटमायर फिटनेसका आधारमा पुन, छनोट भएनन् ।
यस महिनाको सुरुमा, वेस्ट इन्डिजका मुख्य प्रशिक्षक फिल सिमन्सले हेटमायरको फिटनेसको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।