इजरायली सेनाले गाजाका दुई घरमा ठूलो ड्रोन आक्रमण गरेको छ । यस हमलामा ९० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
उद्धारकर्मी र अस्पतालका अधिकारीहरूले शनिबार यो जानकारी दिए । एक दिन अघि, संयुक्त राष्ट्र प्रमुखले चेतावनी दिएका थिए कि यस क्षेत्रमा कुनै पनि ठाउँ सुरक्षित छैन र इजरायलको आक्रमणले मानिसहरूलाई मानवीय सहायता पुर्याउन “चरम अवरोध” सिर्जना गरिरहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्दै यसलाई व्यक्तिगत कुराकानी भनेका छन् । एक दिन अघि, बाइडेन प्रशासनले फेरि एक पटक कूटनीतिक सन्दर्भमा इजरायलको रक्षा गरेको छ । उनले गाजामा युद्धविराम अस्वीकार गरेका छन् ।
शुक्रबार, संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजाका नागरिकहरूलाई मानवीय सहायताको वितरणलाई तीव्रता दिन आह्वान गर्ने प्रस्ताव पारित गर्यो । तर, प्रस्तावमा युद्धविरामको कुनै उल्लेख छैन । नेतान्याहुसँगको फोन वार्ताको सन्दर्भमा बाइडेनले, ‘मैले युद्धविराम मागेको छैन’ भनेका छन् ।