शरिरमा युरिक एसिड नबढाउनका लागि प्युरिनको मात्रा बढी हुने ती चिजको सेवन नगर्नुपर्छ । जब शरीरमा युरिक एसिडको मात्रा बढ्न थाल्छ, यसले शरीरका अन्य अंगहरूमा असर गर्न थाल्छ ।
युरिक एसिडको उच्च मात्राले मुटु रोग, उच्च रक्तचाप, मृगौलाको पत्थरी र गठिया जस्ता रोग निम्त्याउन सक्छ । त्यसैले यसलाई समयमै नियन्त्रण गर्न निकै जरुरी छ । यस्तो अवस्थामा बढ्दो युरिक एसिडलाई नियन्त्रण गर्न औषधीबाहेक केही घरेलु उपाय अपनाउन सकिन्छ ।
चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर के तपाईलाई थाहा छ चुकन्दरको सेवनले मृगौलाको फिल्टर क्षमता बढाउँछ ।
चुकन्दरमा सन्तुलित मात्रामा कार्बोहाइड्रेट, मिनरल्स, भिटामिन र क्लोरिन जस्ता धेरै चीजहरू पाइन्छ । यो युरिक एसिडको स्तर नियन्त्रण गर्न प्रभावकारी हुन्छ, तर चिनी रोगीहरूले यसको सेवन गर्नु हुँदैन ।
यदि तपाईंलाई चुकन्दर धेरै मन पर्दैन भने, तपाईं यसलाई स्याउसँग पनि खान सक्नुहुन्छ । चुकन्दर र स्याउको रसको मिश्रण दैनिक पिउनुहोस् । यसको सेवनले हाम्रो शरीरमा pH लेवल बढ्छ र युरिक एसिड नियन्त्रणमा रहन्छ ।