हेटौंडाबाट रिफर भएर भरतपुर अस्पताल भर्ना भएकी ज्वरो बिरामी युवतीको मृत्यु

चितवन, चैत्र २१,

ज्वरो र निमोनियाबाट ग्रसित एक बिरामीको आज चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

हेटौडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षिया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।

मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।

अनलाइन खबरबाट

Leave a Reply