मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ ।
मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्याउदा घर भित्र रहेका स्थानीय ५ वर्षीय निशान अधिकारी, ५ वर्षीया ईसिता अधिकारी, ७ वर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए ।
घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागी कोशी अस्पताल, बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।