झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले उक्त ठाउँको वडा नम्बर ४ का १८ वर्षको प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ वर्षिय नबिन बस्नेत, १५ वर्षिय बालक र कनकाई नगरपालिका वडा नम्बर ३ का १८ वर्षिय सम्रिक चुडाललाई नियन्त्रणमा लिएको हो ।
निजहरुलाई प्रदेश १-०२-०१ प ३१४६ नम्बरको KTM डुक, मेची ९ प ६४६१ नम्बरको NS र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको CROOS FIRE मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको विभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत बिहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेखलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका निजहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।