मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ३ दुध फारम स्थितमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
हिजो ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बुढिगंगा गाउँपालिका वडा नम्बर १ की ६० बर्षीया धनमाया खतिवडालाई ठक्कर दिँदा घाईते भएकी थिइन् ।
खतिवडालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न ठक्कर दिने मोटरसाईकल र चालक ईटहरी वडा नम्बर ४ सुनसरीका ३० बर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।