You are currently viewing विद्यालयबाट ल्यापटप चोरी गर्ने बालकहरु पक्राउ

विद्यालयबाट ल्यापटप चोरी गर्ने बालकहरु पक्राउ

नेभा, कास्की ३१ बैशाख,

बैशाख २८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुम स्थितमा रहेको श्री शान्ती उदय उच्च माध्यामिक विद्यालयको कार्यालय कोठा, कक्षा कोठा तथा कम्प्युटर ल्याब शाखा समेतको ढोका फोरी स्कुलबाट विभिन्न कम्पनीका ल्यापटप ११ थान, चार्जर ७ थान, माउस ५ थान समेतका ईलेक्ट्रोनिक डिभाईसहरु चोरी भएको थियो ।

साथै सोही विद्यालयको अन्य ल्यापटप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभी मनिटर, लाईट, प्रोजेक्टर, साउण्ड सिस्टम स्पीकर कन्ट्रोलर, स्टेशनरी कागजात समेतको क्षति पुर्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गरीरहेको थियो ।

बैशाख २९ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३३ बस्ने ४ जना बालकहरुलाई ३ वटा बिग्रिएको अवस्थाका ल्यापटप, ७ वटा चालु अवस्थामा रहेको ल्यापटप सहित पक्राउ गरीएको छ ।

निजहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला, अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार शर्माले जनाएका छन् ।

Leave a Reply