You are currently viewing मावि अनुमति पत्रको परीक्षामा गम्भिर लापरवाही, खारेज गर्न माग

मावि अनुमति पत्रको परीक्षामा गम्भिर लापरवाही, खारेज गर्न माग

बीरगंज, १० असोज,

शिक्षक सेवा आयोगले शुक्रवार देशभरि लिएको माध्यमिक विद्यालय स्तरको अंग्रेजी विषयको परीक्षामा गम्भिर लापरवाहि देखिएकोले त्यसलाई खारेज गर्न विद्यार्थीहरुले चौतर्फि माग गरेका छन् ।

१०० पूर्णाङ्क मध्ये ६० पूर्णाङ्कको विषयगत प्रश्न त्रुटिरहित रहेपनि ४० पूर्णाङ्कका लागि सोधिएका वस्तुगत प्रश्नमा गम्भिर लापरवाहि देखिएको छ । ४ किसिमको प्रश्नपत्र मध्ये ‘घ’ समूहको वस्तुगत प्रश्नमा सोधिएका प्रश्नहरुको ४ वटा विकल्प मध्ये सही उत्तर रहेको विकल्प बोल्ड अर्थात मोटो अक्षरमा रहेको तथा प्रश्नपत्रको देब्रेतिर माथि नै ‘उत्तर घ’ भनी लेखिएको प्रष्ट देखिन्छ । त्यसैले सो प्रश्नपत्र नभई उत्तरपत्र नै रहेको पाइएको कुरा एक परीक्षार्थी राजबाबु साहले पपुलरसिस डट कमलाई जानकारि दिनुका साथै अन्य समूहका प्रश्नपत्र पाएका परीक्षार्थीहरुसँग शिक्षक आयोगले चरम लापरवाहि गरेर सरासर बेइमानि गरेकोले यस परीक्षालाई नै खारेज गर्न समेत जोडदार माग गरेका छन् ।

शिक्षक सेवा आयोगले पाँच वर्ष पछि बल्ल परीक्षा लिएको तर परीश्रम गरेर आएका विद्यार्थीहरुलाई निराश बनाएको छ । छठ पर्व लगत्तै शिक्षक सेवा आयोगले ठूलो संख्यामा आवश्यकता माग गर्न लागेको हल्लाले हजारौ युवाहरु थप चिन्तित बन्न पुगेका छन् । नियमितरुपले आयोगले अनुमतिपत्रको लागि आवेदन खुल्ने भएको भए शायद केही राहत हुन्थ्यो तर यस पछि फेरि कहिले खुल्छ निश्चित नभएको कुराले राजबाबु जस्ता हजारौ थप चिन्तित बन्नु स्वभाविक पनि हो ।

पर्सा जिल्ला शिक्षा इकाइका क्षितिज श्रेष्ठसँग यस बारे कुरा गर्दा प्रश्नपत्रसँग सम्पूर्ण कार्य शिक्षा आयोग आफैले हेर्ने भएकोले आफू यसबारे अनभिज्ञ रहेको बताए ।

आज शुक्रबार भएकोले गर्दा प्रयास गर्दा पनि शिक्षक सेवा आयोगको जिम्मेवार निकायबाट आधिकारीक धारणा प्रष्ट हुन सकेन ।

Leave a Reply