You are currently viewing अमेरिकाबाट पार्सल गरी पठाईएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरी पठाईएको गाँजा सहित ३ जना पक्राउ

नेभा, बारा १८ पौष,

विदेशबाट लागूऔषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय, बारा र लागूऔषध व्युरो बीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पुष १६ गते जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतिबाग स्थितबाट गाँजा सहित तीनजना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको कार्टुन समेत जिल्ला, पर्सा बीरगंज महानगरपालिका वडा नम्बर १ टोल सिसवा वारी बस्ने २२ वर्षको नैमोदिन मियाँ, सोहि ठाउँको वडा टोल बजार छपकैया बस्ने २७ वर्षको जितेन्द्र साह सोनार र सोहि वडा टोल बजार छपकैया बस्ने २२ वर्षको कृष्णा सराफलाई Popcorn Mix Trio लेखिएको रातो रंगको टिनको डब्बा भित्र ३ तिन प्याकेट गाँजा, Old Fashioned Oats लेखिएको डब्बा भित्र १ प्याकेट गाँजा र Quick Oats लेखिएको डब्बा भित्र १ प्याकेट गाँजा गरी जम्मा लागूऔषध १ किलो १४६ ग्राम गाँजा सहित पक्राउ गरीएको छ ।

लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई लागूऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको कुरा प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको बिज्ञप्ति द्वारा जनाइएको छ ।

Leave a Reply