You are currently viewing बिहारमा कार र पैसाको लागि श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

बिहारमा कार र पैसाको लागि श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

नेभा, १९ मंसिर,

बिहारको वैशालीबाट ठूलो खबर आएको छ, जहाँ ४ महिनाकी गर्भवती महिलाको घाँटी थिचेर हत्या गरिएको छ ।

महिलाको हत्या श्रीमानले गरेको आरोप परिवारले लगाएका छन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ । घटना बिहारको पाटेपुर थाना क्षेत्रको महैया मालपुर गाउँमा भएको हो ।

प्रमोद कुमारको छोरी जुली कुमारीको यही वैशाखमा मुजफ्फरपुर जिल्लाको छपन गाउँको काठ व्यवसायी राजकुमार शाहसँग विवाह भएको थियो ।

महिलाका भाइका अनुसार श्रीमानले दाइजोमा चार पाङ्ग्रे गाडी र डेढ लाख रुपैयाँ मागेका थिए, जसका लागि आरोपित श्रीमानले बिहेदेखि नै कुटपिट गर्दै थियो ।

जानकारीका अनुसार सोमबार बिहान जुली र राजकुमार उठ्न ढिलो भएपछि परिवारका सदस्यले चेकजाँच गर्दा कोठाको ढोका बाहिरबाट ताला लगाएको देखे । यसपछि जब मानिसहरू ढोका खोलेर भित्र पसे, जुलीको अर्धनग्न शरीर खाटमुनि पल्टिएको थियो र घाँटीमा गहिरो दाग थियो ।

पाटेपुर प्रहरी चौकीलाई जानकारी दिएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि हाजीपुर सदर अस्पताल पठाएको छ ।

Leave a Reply