You are currently viewing ६७ किलो भन्दा बढी गाँजा सहित २ जना प्रहरीको नियन्त्रणमा

६७ किलो भन्दा बढी गाँजा सहित २ जना प्रहरीको नियन्त्रणमा

नेभा, उदयपुर, ३० जेठ,

जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ चियाबारी स्थितमा चुपुम्फाबाट दमाई कोटी तर्फ लैजादै गरेको अवस्थामा ६७ किलो २२ ग्राम अबैध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त लागूऔषध गाँजा सहित जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अजिग्रे बस्ने ६० वर्षको लाल बहादुर तामाङ र सोहि ठाउँको वडा नम्बर ८ चुपुम्फा बस्ने ५२ वर्षको दिल बहादुर तामाङलाई प्रहरी द्वारा नियन्त्रणमा लिइएको हो ।

लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई उदयपुर जिल्लाले थप अनुसन्धान गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply