कास्की जिल्ला पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको छ ।
हाल प्रदेश सरकारले आ.व. ०८०/०८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको छ ।
माघ १५ गते देखि १० दिन भित्र ‘मेरो रुख म काटछु’ भन्ने अभियान संचालन गरि आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि पोखरा महानगरपालिकाको वडा कार्यालयको तर्फबाट अनुरोध गरिएको छ ।
पोखरा महानगरपालिकाको सम्पूर्ण वडाबासीका लागि यो सूचना प्रकाशित गरिएको कुरा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले जनाएका छन् ।