न्यूनतम रोजगारी कार्यक्रममा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न चाहने ईच्छुक बेरोजगार व्यक्तिहरुको लागि बीरगञ्ज महानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।
यस न्यूनतम रोजगारी कार्यक्रममा सूचिकृत हुनका लागि २०८० को फाल्गुन ३० गते सम्ममा निवेदन पेश गरिसक्नुपर्ने छ ।
रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ (पहिलो संसोधन, २०७७ सहित) को दफा १८ बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले जसको उमेर १८ वर्ष देखि ५९ वर्ष रहेको छ उनीहरुले २०८० फाल्गुन १ गते देखि आफ्नो सम्बन्धित वडा कार्यालय सूचिकृत हुन निवेदन दिन सक्नेछन् ।
निवेदनको ढाँचा वडा कार्यालय वा रोजगार सेवा केन्द्रबाट निःशुल्क प्राप्त गर्न सकिने कुरा सूचनामा जानकारि गराइएको छ ।
यसका लागि निवेदनका साथ पेश गर्नुपर्ने कागजादहरु यस प्रकार रहेका छन् ।