You are currently viewing अबैध भन्सार छलिको सामानहरु प्रहरीको नियन्त्रणमा

अबैध भन्सार छलिको सामानहरु प्रहरीको नियन्त्रणमा

नेभा, बाँके, १४ असार,

असार ११ गते नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध भन्सार छलिको सामानहरु नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको धाराका पाटपुर्जा र आइसक्रिम बनाउने पाउडर दुध र स्टिक लगायतका सामानहरु नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मुल्य रु. २ लाख ९७ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply