You are currently viewing अबैध भन्सार छलिको समान तथा कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

अबैध भन्सार छलिको समान तथा कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

नेभा, बाँके, २० जेठ,

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ स्थित भारत बाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको अन्दाजी मूल्य रु.१० हजार बराबरको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्लाहरु १८ सय वटा नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मूल्य रु. १ लाख ८० हजार  बराबरको अबैध सामानहरु र चल्ला बरामद गरीएको कुरा प्रहरीले जनाएको छ ।

उक्त समान तथा चल्ला आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय, नेपालगंज बाँकेमा पठाईएको कुरा उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply