You are currently viewing पाकिस्तानमा आत्मघाती हमला, ३ जनाको मृत्यु, २४ घाइते

पाकिस्तानमा आत्मघाती हमला, ३ जनाको मृत्यु, २४ घाइते

नेभा, १४ मार्ग,

पाकिस्तानको बलुचिस्तान प्रान्तमा पोलियो टोलीको सुरक्षा गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ । यस आक्रमणमा प्रहरी जवानको ट्रकलाई निशाना बनाइएको थियो । जानकारी अनुसार आत्मघाती हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रहरी अधिकारीले यो जानकारी दिए । घाइतेमध्ये २० सुरक्षाकर्मी समेत रहेको उनले बताए । अधिकारीका अनुसार पोलियो खोप अभियानमा संलग्न कामदारहरूको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारी बोकेको ट्रक क्वेटाको बलेली क्षेत्रबाट गुज्रिरहेको बेला आत्मघाती हमला भएको हो ।

पाकिस्तानी अखबारले क्वेटाका प्रहरी उपमहानिरीक्षक गुलाम अजफर महेसरलाई उद्धृत गर्दै भन्यो, “हामला प्रहरी ट्रकको नजिक भएको थियो, जसका कारण पोलियो ड्युटीमा खटिएका कर्मचारीहरूलाई सुरक्षा दिन गएका पुलिसकर्मीहरूको गाडी पल्टियो । र खाल्डोमा खसे ।”

Leave a Reply