You are currently viewing पेस्तोल र खैरोहेरोईन सहित पक्राउ परेका ३ जनालाई भिमफेदी कारगार पठाइयो

पेस्तोल र खैरोहेरोईन सहित पक्राउ परेका ३ जनालाई भिमफेदी कारगार पठाइयो

नेभा, मकवानपुर, १६ फागुन,

मंसिर १८ गते रातको समयमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सुर्य प्रसाद पौडेलको घरमा गोली प्रहार भएको थियो ।

घटनाको सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३३ वर्षको निश्चल पौडेल, सोहि ठाउँमा बस्ने ३५ वर्षको गणेश घले र सोहि ठाउँमा बस्ने ३० वर्षको प्रितम क्षेत्रीलाई घटनामा प्रयोग भएको पेस्तोल र उक्त पेस्तोलको गोली १९ राउण्ड र २ ग्राम ४०० मिलि ग्राम लागूऔषध खैरोहेरोईन सहित पक्राउ गरिएको थियो ।

पक्राउ गरिएका तीनै जनालाई मकवानपुर जिल्ला, अदालत हेटौडाको फागुन १५ गतेको आदेशानुसार पूर्पक्षको लागि थुनामा राख्न भिमफेदी कारागार कार्यालय मकवानपुरमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

Leave a Reply