विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरोले निरन्तर निग्रानी तथा कार्वाहीको क्रममा लागूऔषधको कारोवार गर्ने एकजना व्यक्तिलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्ने जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नम्बर ३ को निवासी ३४ वर्षको नविन मोक्तानलाई हुन् । निजलाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागूऔषधको कारोवार हुन्दैछ भन्ने विशेष सूचनाको आधारमा उक्त कारोवार गर्ने शंकास्पद व्यक्तिलाई पछयाउदै जाँदा फागुन १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थितको जम्मुडाँका सडक किनारमा रोकी राखेको ना. ८ ख. २०२२ नम्बरको सेफ्टी ट्याङ्करको सिट मुनिबाट चेक जाँच गर्ने क्रममा लागूऔषध ४ सय ७५ बोतल Codeine Phosphate & Triprolidine Hydrochloride Syrup (WINCEREX) फेला परेको हुँदा लागूऔषध सहित निजलाई पक्राउ गरेको हो ।
निजलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण एन २०३३ बमोजिम काठमाडौं जिल्ला, अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।