मोरङको बिराटनगर महानरगपालिका वडा नम्बर १५ ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ परेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान वडा नम्बर १७ को २१ वर्षको बाल कृष्ण खड्काको साथबाट प्रतिबन्धित औषधी Nitrovet को ५५ ओटा ट्याप्लेट र गौरादह नगरपालिका वडा नम्बर ४ झापाको ३८ वर्षीय हरी बहादुर ठकुरीको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको हुँदा प्रहरीले निजहरुलाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध सहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय, रानीबाट थप अनुसन्धान भइरहेको खबर जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ ।