२०८३ भदौ २, पर्सा,
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ।
प्रहरीले अपराह्न ४:०० बजे ती स्कुटर नियन्त्रणमा लिएको हो। बरामद स्कुटरको अन्दाजी मूल्य रु. ९ लाख ६० हजार रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय, पर्सा

