पहिलो पटक, खैबर पख्तुनख्वाको बुनेर जिल्लाकी एक हिन्दू महिलाले पाकिस्तानमा आगामी आम चुनावमा आम सिटका लागि उम्मेदवारी दर्ता गरेकी छिन ।
पाकिस्तानी समाचार एजेन्सी डनको अनुसार पाकिस्तानमा फेब्रुअरी ८, २०२४ मा १६ औं नेशनल एसेम्बलीका सदस्यहरू छनोट गर्न आम चुनाव हुन गइरहेको छ र पहिलो पटक एक हिन्दू महिला पाकिस्तानमा आम चुनाव लड्दैछिन् ।
उक्त महिलाको नाम सवेरा प्रकाश हो जसले बुनेर जिल्लाको पिके-२५ को सामान्य सीटका लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
पाकिस्तानको निर्वाचन आयोग ईसीपी को हालैको संशोधनले सामान्य सिटमा ५ प्रतिशत महिला उम्मेदवारलाई समावेश गरेको छ । हिन्दू समुदायकी ३५ वर्षीया सवेरा प्रकाशले आफ्ना पिता, भर्खरै सेवानिवृत्त चिकित्सक र पाकिस्तान पिपुल्स पार्टीको समर्पित सदस्य ओम प्रकाशको पाइला पछ्याउँदै पाकिस्तान पिपुल्स पार्टीको टिकटमा चुनाव लड्ने योजना बनाएकी छिन् ।