You are currently viewing उदयपुरमा भरुवा बन्दुक सहित महिला पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित महिला पक्राउ

नेभा, उदयपुर, २४ मंसिर,

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ बाट २ नाल भरुवा बन्दुक सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् । अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।

बन्दुक बरामद गरेर निजलाई समेत पक्राउ गरीएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको कुरा उदयपुर प्रहरी कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply