सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ६ स्थितबाट अवैध लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बुधवार कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले प्र.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ७० किलो लागूऔषध गाँजा फेला परेको छ ।
लागूऔषध गाँजा बरामद गरेसँगै ट्याक्टर चालक भारत अररियाका २७ वर्षको ऐना तुलालाई समेत पक्राउ गरिएको छ ।
बरामद भएको गाँजा र पक्राउ परेका तुलाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।