बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको २७ पिस कुर्ता सुरुवाल प्रहरीले नियन्त्रणमा लिएको छ । अंन्दाजी मूल्य रु. १० हजार ८ सय बराबरको कुर्ता सुरुवाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको बहराईच जिल्लामा बस्ने मोहम्मद ईसाहक र जिल्ला बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ बस्ने समिर कुरेशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजहरुले भारतबाट ल्याउदै गरेको अबैध ब्रोईलर कुखुराको १ सय ४० किलो अन्दाजी मूल्य रु. ५६ हजार बराबरको मासुलाई नियन्त्रणमा लिएको थियो ।
जम्मा मूल्य अन्दाजी रु. ६६ हजार ८ सय बराबरको सामान र मासु फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईन नेपालगंज बाँके र भन्सार कार्यालय, नेपालगंज बाँकेमा पठाएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।