You are currently viewing महिनावारीको बेला दुखाई कम गर्न औषधि खानले १६ वर्षीया बालिकाको मृत्यु

महिनावारीको बेला दुखाई कम गर्न औषधि खानले १६ वर्षीया बालिकाको मृत्यु

नेभा, लण्डन, १५ पुष,

इंग्ल्याण्डको बन्दरगाह सहर हल मा बस्ने १६ वर्षीया लैलाको डिसेम्बर १३ मा दुःखद निधन भएपनि कारण अहिले कारण बाहिर आएको छ ।

महिनावारीको दुखाईबाट ग्रसित हुँदा साथीको सल्लाहमा पीडा कम गर्न औषधि सेवन गरेको उनको परिवारले जनाएको छ ।

उनको अवस्था बिग्रँदै गयो र करिब ३ हप्तापछि मस्तिष्कमा रगत जमेको कारण उनको मृत्यु भयो ।

तर, उपचारका लागि प्रयास गर्दा सुरुमा आकस्मिक अवस्था नभएको र अस्पताल पुग्दा डाक्टरले पेटमा कीरा भएको आशंकामा केही औषधि दिएको परिवारले बताएको छ ।

मेट्रो समाचारका अनुसार लैला खान स्थानीय कलेजमा पढ्दै थिइन् । दुखाइका कारण उनले औषधि सेवन गरेपछि उनको स्वास्थ्य बिग्रन थाल्यो ।

बालिका लैला खानका परिवारका अनुसार टाउको दुखेपछि उनलाई बान्ता हुन थाल्यो । उनी बिरामी भइन् र लगातार वान्ता गरिरहेकी थिइन् । लैलाकी काकी जेना ब्रेथवेटले भनिन् कि उनी पीडाले चिच्याएकी थिइन् र शरीर दुखेको गुनासो गरिरहेकी थिइन् ।

लैलाको अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगियो । डाक्टरले जाँच गर्दा उनको मस्तिष्कमा रगत जमेको पाइएको थियो । त्यसपछि उनलाई अर्को अस्पतालमा पठाएर शल्यक्रिया गरिएको थियो । जहाँ दोस्रो दिन उनलाई ब्रेन डेड घोषणा गरियो ।

Leave a Reply